Techie IT
Samayabaddha
बिहीबार, २९ माघ, २०८२

डोल्पाको त्रिपुरासुन्दरीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित ३ जना घाइते


काठमाडौं । डोल्पामा जिप दुर्घटना भएको छ । त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

जिपमा चार जना सवार थिए । दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको छ ।

जिउ गाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-३ सुँ गाउँकी ४५ वर्षीय रमा बोहोरा र चालक घाइते भएका छन् । घाइतेहरु थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ ।

चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरी चौकी त्रिपुराकोटले नियन्त्रणमा लिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।


क्याटेगोरी : सडकतिर, समाचार

प्रतिक्रिया


ताजा अपडेट