बागमती नदीले माटो काट्दा टौदह र किनारका बस्ती जोखिममा
कीर्तिपुर । बागमती नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्न थालेपछि कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह र आसपासका बस्ती जोखिममा परेका छन् ।
बागमती नदी टौदहको पूर्वतर्फ सतहभन्दा तल्लो भागमबाट बहन्छ । विगत दुई वर्षदेखि नदीले धार परिवर्तन गरी पश्चिमी किनाराको माटो र टौदह मुनीको माटो कटान गर्न थालेको छ । कटान सुरु भएपछि टौदहमा जमेको पानी पूर्वतर्फको ओरालो भागमा रसाउन थालेको छ ।
केही वर्ष अघिसम्म बागमती किनारमा रहेका चौर र बाटो समेत कटानमा परेपछि टौदहको पूर्व र दक्षिणतर्फ लामो सयमदेखि बस्दै आएका करिब ८० घर परिवार जोखिममा परेका छन् ।
सन् २००४ देखि निरन्तर कटान गर्दै आएको बागमतिले केही वर्ष यता थप कटान गर्न थालेको छ । स्थानीय मिलन खड्का समयमै संरक्षण नगरिएमा प्राकृतिक जलसम्पदाका रुपमा रहेको टौदह समस्यामा पर्ने बताए । “टौदहको पूर्वतर्फका कान्लाहरुमा पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्ने देखिन्छ”, उनले भने ।
बागमती नदीको पारीपट्टी ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि बागमतिले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उनको भनाइ छ । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका-४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ । खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर र्कीतिपुर नगरपालिकाकातर्फबाट त्यसको पहल नगर्दा कटान रोकथाम नभएको स्थानीय अञ्जिल खड्काले बताए ।
रेखाङ्कन र सीमाङ्कनको समस्या
विभिन्न निकायले बागमती नदीको कटानबाट टौदह र आसपासको बस्तीलाई जोगाउन तटबन्ध, टेवा पर्खालका लागि बजेट छुट्याउने गरेका छन् । तर बागमती नदिको सीमा कहाँसम्म हो भन्ने यकिन नहुँदा बजेट कार्यान्वयन हुन नसकेको स्थानीय खड्काको भनाइ छ ।
“पटक(पटक बागमती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ, तर आजसम्म भएन, सीमाङ्कन नभएका कारण निर्माण व्यवसायीले काम सुरु गर्न नसकेको अवस्था छ”, उनले भने ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया