Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीको विवरण संलकन सुरु


काठमाडौं । ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ ।नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन थालिएको हो ।

कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल जाने क्रममा असहज परिस्थितिमा परेकालाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

त्यसका लागि विभागले अनलाइनमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । यूएई ट्रन्जिट परेर रोकिएका यात्रुलाई अनलाइन तथा क्युआर कोडमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । इरान र इजरायल–अमेरिकाबीचको युद्धका कारण समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल २५० को हाराहारीमा नेपाली ट्रान्जिटमा रोकिएका छन् । यो संख्या हजारसम्म पुग्ने अनुमान गरिएको छ ।

लगभग साढे २ सय नेपाली ट्रान्जिटमा परेका हुन् । हाल उनीहरू सम्बन्धित एयरलायन्सकै जिम्मामा रहेको भन्दै उनले नेपाल ल्याउने अथवा गन्तव्यमा पठाउने जिम्मेवारी समेत सम्बन्धित एयरलायन्सकै हुने जनाइएको छ ।

त्यहाँको हवाई उडान नखुलेसम्म अस्थायी रूपमा खाना बस्नको व्यवस्था मिलाइएको र आकाश खुल्ने वित्तिकै प्राथमिकताका साथ उनीहरूलाई गन्तव्यमा पुर्‍याइने काम भइरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट