नगदसहित पक्राउ परेका सिरहा-३ का उम्मेदवार यादव छुटे
काठमाडौं । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन् ।
तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएको हो । उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।
उनीसहित पक्राउ परेका पाँचजनालाई नै छाडिएको छ । उनीहरू पाँचै जनालाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउन आयोगले निर्देशन दिएको हो । त्यस्तै, बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको छ ।
प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट राति करिब साढे १२ बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बप्रेन्द्र कुमार यादव र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतो पक्राउ परेका थिए ।
क्याटेगोरी :
समाचार


















प्रतिक्रिया