बोतल र जेरिक्यानमा पेट्रोलियम बिक्री नगर्न आयल निगमको निर्देशन
काठमाडौं । नेपाल आयल निगमले विभिन्न स्थानमा केही पसल तथा व्यक्तिहरूले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल आदि) बिक्री वितरण गरिरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।
निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो ।
सार्वजनिक गुनासो प्राप्त भएकातर्फ ध्यानाकर्षण भएको जनाउँदै निगमले अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ यसरी बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्ने जनाइएको छ ।
पत्रमा विक्रेता तथा पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया