Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र  प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ।

नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन्। त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।

यस विषयमा नेपालखबरले जिज्ञासा राख्दा धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताए। ‘यो गोपनीयता भंग गर्ने कुरा होइन, हामीले बोल्न मिल्दैन।’

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताए। उनले भने, ‘मैले बोल्न मिल्दैन।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट