Techie IT
Samayabaddha
बिहीबार, २० कात्तिक, २०८२

कीर्तिपुर र काठमाडौं १६ मा माओवादी र एकीकृत समाजवादीबीच तालमेल


काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौंको दुई सिटमा तालमेलको सहमति बनेको छ ।

सहमतिअनुसार काठमाडौं –१६ मा एकीकृत समाजवादीलाई माओवादीले समर्थन गर्ने र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सहयोग गर्ने सहमति बनेको हो ।

शनिबार बसेको दुई पार्टीबीचको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने र काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका उम्मेदवार मिनबहादुर मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट