Techie IT
Samayabaddha
बिहीबार, २० कात्तिक, २०८२

माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै, यस्ता छन् छलफलका एजेण्डा


काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसका अतिरिक्त विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट