माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्मार्ट दरबार पार्टी प्यालेसमा सुरु

काठमाडौं, २१ पुस । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । धुमब्राहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा बैठक केही समय अघि सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला समसामयिक विषयमा ब्रिफिङ गर्नेछन् भने त्यसपछि राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक सदस्य, तीन आयोगका ७५ सदस्य तथा १० प्रदेशका १२५ पदाधिकारीहरूको उपस्थिति छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया