अखिल क्रान्तिकारीको निर्वाचनमा कहाँबाट कति मत खस्यो ?

काठमाडौँ, १२ माघ । अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार उपत्यका र विश्वविद्यालयबाट ५२२, बाग्मती प्रदेशबाट २१०, सुदूरपश्चिम प्रदेशबाट १७३ मत खसेको छ । त्यसैगरी कर्णालीबाट १८५, कोशीबाट २५८, लुम्बिनीबाट १९४, गण्डकी प्रदेशबाबाट १८१ र मधेस प्रदेशबाट १५२ मत खसेको छ ।
उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो । मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको थियो । जस अन्तर्गत अध्यक्षका लागि चार जना उम्मेदवार मैदानमा छन् ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि सात जनाले उम्मेदवारी दिएका छन् । ९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
यसपटक मतदानमा जम्मा मतदाता सङ्ख्या २ हजार ३९८ रहेका छन् ।
अखिल क्रान्तिकारीमा केन्द्रीय पदाधिकारीसहित केही उमेदवार निर्विरोध (सूचीसहित)
क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता
अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियाले माओवादी केन्द्रको शक्ति सन्तुलन प्रभावित
क्याटेगोरी : राजनीति
प्रतिक्रिया