मतगणना जारी, विजय शर्मा सापकोटाको अग्रता कायम
काठमाडौं । विभिन्न प्रदेशहरूमा अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी रहँदा विजय शर्मा सापकोटाले अग्रता लिएका छन् । अझै विश्वविद्यालय र उपत्यकाको सबैभन्दा बढी ५ सय २२ मतको परिणाम पनि वाहिरिएको छैन ।
अहिलेसम्म प्राप्त परिणाम:
कोसी प्रदेश
कोसीमा हेमन्त राईले ११६ मत ल्याएर अग्रता लिएका छन् । विजय शर्मा सापकोटाले ४९, उपदेश यादवले ३५ र सुदिनले १८ मत पाएका छन् ।
मधेश प्रदेश
जम्मा गणना भएको मत ७३ मध्ये उपदेश यादवले ३० मत ल्याएर अग्रता लिएका छन् । विजय शर्मा सापकोटा र हेमन्त राईले समान २०/२० मत पाएका छन् ।
बागमती प्रदेश
बागमतीमा विजय शर्मा सापकोटा ८७ मतका साथ अग्रस्थानमा छन् । उपदेश यादवले ५१, हेमन्त राईले ४८ र सुदिनले १७ मत पाएका छन् ।
गण्डकी प्रदेश
गण्डकीमा सुदिनले ६१ मत ल्याएर अग्रता लिएका छन् भने विजय शर्मा सापकोटा ६० मतका साथ दोस्रो स्थानमा छन् । हेमन्त राईले ३९ र उपदेश यादवले १४ मत पाएका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनीमा विजय शर्मा सापकोटाले ८७ मत ल्याएका छन् भने हेमन्त राई ६६ मतका साथ दोस्रो स्थानमा छन् । उपदेश यादवले १० र सुदिनले २२ मत पाएका छन् ।
कर्णाली प्रदेश
कर्णालीमा हेमन्त राई ८२ मतका साथ शीर्ष स्थानमा छन् भने विजय शर्मा सापकोटा ८० मतका साथ दोस्रोमा छन् । उपदेश यादवले ५, सुदिनले ८ र योगेन्द्रले २ मत पाएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिममा विजय शर्मा सापकोटाले ७२ मत ल्याउँदै अग्रता लिएका छन् । हेमन्त राईले ५९, उपदेश यादवले २३ र सुदिनले १६ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको कुल मतपरिणाम
१. विजय शर्मा सापकोटा – ४५५
२. हेमन्त राई – ४३०
३. उपदेश यादव – १६८
४. सुदिन – १४२
५. योगेन्द्र – २
बाँकी परिणामको प्रतीक्षा
मतगणना अझै जारी छ र बाँकी मत परिणामले थप रोचक मोड ल्याउने अपेक्षा गरिएको छ । विश्वविद्यालय र उपत्यकाका पाँच सय २२ मतहरूको गणना भएपछि मात्र अन्तिम नतिजा स्पष्ट हुनेछ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया