Techie IT
Samayabaddha
बुधबार, १ जेठ, २०८२

नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आब्हान गरेको छ। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आब्हान गरेको हो।

सत्तारूढ दलहरूको बैठकले संसद्मा एकमत भएर अघि बढ्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले पनि माघ १८ गते बस्ने वैठकमा प्रमुख प्रतिपक्ष दलको रणनीति बनाउन संसदीय दलको बैठक बस्न लागेको बताइएको छ ।

सत्तारुढ दलहरुको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको बैठकमा सहभागी नेताहरूले अध्यादेश लगायतका विषयमा साझा धारणाका रूपमा प्रस्तुत हुनेमा सहमति जनाएका छन् ।

संसद्मा प्रस्तुत हुने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै बैठक राखेर पनि एकढिक्का भएर संसद्मा जाने सहमति गरिसकेका छन । १८ गतेको संसद्को पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने र संसद्को काम कारबाहीहरूमा सत्तारुढ दलहरू एक ठाउँमा उभिएर जाने सहमति भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको वैठक संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेरहथुम लगायत पूर्वी पहाडी जिल्लाहरूको भ्रमणमा रहेकाले संसदको बैठक बस्ने अघिल्लो दिन मात्र दलको बैठक बोलाइएको हो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट