Techie IT
Samayabaddha
बुधबार, १ जेठ, २०८२

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशबाट सरकार चलाउने कुरा गरे : माओवादी सचेतक पाण्डे


काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो आरोप लगाएका हुन् ।

उनले कांग्रेस प्रमुख सचेतक घिमिरेले अब अध्यादेशबाट सरकार चलाउने कुरा गरेको र यो प्रतिपक्ष र जनताका निम्ति राम्रो नभएको बताए । “मन्त्रीज्यूले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो । त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्यू (श्याम घिमिरे)ले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो,” उनले भने ।

पाण्डेले अगाडि भने, “मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद् विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ, त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुपर्‍यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरूको लागि महत्त्वपूर्ण हो । यो संसद्‌मा गम्भीर ढंगले प्रश्न उठाउँछौँ ।”

प्रमुख सचेतक पाण्डेले अध्यादेशका विषयमा प्रमुख प्रतिपक्ष दलले संसद्‌मा गम्भीर ढंगले आवाज उठाउने बताए । न्युज एजेन्सी नेपाल


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट