Techie IT
Samayabaddha
बुधबार, १ जेठ, २०८२

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस


काठमाडौं, १५ माघ। सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ ।

सामाजिक सञ्जाल व्यवस्थापनमा गर्न विधेयक जति सक्दो छिटो ल्याउने कुरामा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जोड दिँदै आएका छन् । यसै अनुरुप उक्त विधेयकलाई सङ्घीय संसद समक्ष पेश गर्न २०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो ।

मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको सामाजिक सञ्जाल व्यवस्थापन गर्न बनेको सञ्चार विधेयक अब सङ्घीय संसदमा पेस भई सदनमा छलफलको प्रक्रियामा जाने बताए ।

त्यस्तै, मन्त्रालयको मिडिया काउन्सिल विधेयक पनि सङ्घीय संसदमा दर्ता भई छलफलको क्रममा रहेको छ भने सुरक्षा मुद्रणसम्बन्धी ऐन, २०८१ र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ प्रमाणीकरण भई कार्यान्वयनका क्रममा रहेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट