अध्यादेश ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भर्खरै जारी गरेको अध्यादेश ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आउँदो शुक्रवार माघ १८ गतेदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद् सचिवालयमा दर्ता भएको र अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको बताउनुभयो । आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै उनले सुशासन प्रवर्द्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे ।
यस्तै मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया