Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा छैन : प्रम ओली


काठमाडौँ, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा नरहेको स्पष्ट गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने स्पष्ट गरेक हुन् ।

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, “विपक्षमा रहेका साथीले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ, ‘सरकार ढल्छ। ढल्नै लाग्यो। पुस मसान्त, माघे संक्रान्ति काट्दैन। यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’’

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे जानकारी गराए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट