Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

चाैतर्फी विराेध भएपछि वागमती प्रदेश इञ्चार्जबाट अग्नि सापकोटालाई विदाइ


नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटाकाे चाैतर्फी विराेध भएपछि उनलाई वागमती प्रदेश इञ्चार्जबाट हटाइएको छ । पार्टीभित्र सही-गलत छुट्याउन नसक्ने प्रवृत्ति हावी भएको र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको छायाँमा परेको आरोप लागेपछि उनको भूमिकामा परिवर्तन गरिएको हो । वाहिर महासचिव र त्यसमाथिकाे भूमिकामा रहेकालाई संगठन र पार्टीको भूमिकामा नल्याउने बताइएकाे छ । उनी प्रेस सेण्टरकाे इञ्चार्जकाे भूमिकामा कायम नै छन् ।

सापकोटाको राजकीय शैली र कार्यशैलीको आलोचना गर्दै माओवादीभित्रकै एक समूहले उनको विस्थापनको माग गरेको थियो । उनी प्रदेश इञ्चार्जबाट हटे पनि पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुखको भूमिकामा कायमै रहनेछन् । अध्यक्ष पुष्पकमललाई उनले एशियाकाे लेनिन भनेर सार्वजनिक रूपमा प्रशंशा गर्दै अध्यक्ष निकट रहिरहेका छन् ।

यसैबीच, गण्डकी प्रदेशका इञ्चार्ज दीनानाथ शर्मालाई पनि हटाइनुपर्ने आवाज उठे पनि उनलाई पार्टीले कायम राख्ने निर्णय गरेको छ ।

सापकोटा र शर्मा  स्वस्थानी ब्रत कथामा वर्णित गणेश प्रवृत्तिका रूपमा स्थापित छन् । पार्टीमा जुनियर नेताहरूको तुलनामा उनीहरूले निरन्तर प्रभावशाली भूमिका पाइरहेका छन्, जसलाई केही नेताहरूले आलोचनात्मक रूपमा लिएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट