सहिदका सपना पूरा गर्न पार्टीले क्रान्ति छाडेको छैन : प्रचण्ड
‘पार्टीलाई पुरानै अवस्थामा फर्काउन म अहिले अभियान लिएर जनताको साथमा आएको छु"
म्याग्दी, २२ माघ। नेकपा (माओवादी केन्द्र( का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीमा सहिद परिवारसँग भेटघाट गरेका छन् । बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा मङ्गलबार बिहान सहिद परिवारसँग भेटघाट गरेका हुन् ।
जिल्लाका नेता तथा कार्यकर्तासहित बेनी नगरपालिका ४ ठूलोखोला, सिंगा र बेनीबजारमा रहेका सहिद परिवारका आफन्तहरुसँग अध्यक्ष प्रचण्डले भेटघाट गरेका हुन् । भेटका अवसरमा सहिदका सपना पूरा गर्न पार्टीले क्रान्तिलाई नछाडेको बताउँदै सहिद परिवारको दुःख र पीडामा पार्टीको साथ रहने बताए ।
अध्यक्ष प्रचण्डले सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिनुका साथै सहिदहरुको योगदानको पार्टीले उच्च मुल्याङ्कन गर्ने बताए ।
‘पार्टीलाई पुरानै अवस्थामा फर्काउन म अहिले अभियान लिएर जनताको साथमा आएको छु । सरकार छाडेर जनताको साथमा आएपछि पार्टीप्रति उत्साह जागेको छ । २०८४ को निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा पुर्याउन यहाँहरुको साथ आवश्यक छ ।’’
उनले भने, ‘‘पार्टीलाई पुरानै अवस्थामा फर्काउन म अहिले अभियान लिएर जनताको साथमा आएको छु । सरकार छाडेर जनताको साथमा आएपछि पार्टीप्रति उत्साह जागेको छ । २०८४ को निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा पुर्याउन यहाँहरुको साथ आवश्यक छ ।’’
सहिद परिवारका सदस्यहरुले अध्यक्ष प्रचण्डसँग पार्टीलाई बलियो बनाउन विभाजित भएका माओवादी शक्तिहरुलाई एकतामा ल्याउन सुझाव दिएका थिए ।
यसैगरी, अध्यक्ष प्रचण्डले सिंगास्थित तातोपानी कुण्डमा पुगेर कुण्डमा पुगेर स्थानीयवासीहरुसँग कुण्डमा पूर्वाधार विकास गरेर प्राकृतिक उपचार स्थलका रुपमा थप विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का ९भगवान०, सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिंगा र तातोपानीको विकास निर्माणलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया