प्रचण्डले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजको बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिने बताए ।
यसअघि सङ्घीय संसदको हिउँदे अधिवेशन सुरु भएको दिन अन्य शीर्ष नेताले सम्बोधन गरेर पनि प्रचण्ड बोलेका थिएनन् ।
आज बस्ने प्रतिनिधि सभामा यसअघि सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया