Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

अध्यादेशबाट शासन गर्न खोजेर केपी ओलीले तानाशाही चरित्र देखाए : भीम रावल


कैलाली, २४ माघ । एमालेबाट निष्काशन भएर दलविहीन भएपछि मातृभूमि जागरुण अभियान सञ्चालन गरिरहेका डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक तानाशाही चरित्र देखाएको बताएका छन् ।

बिहीबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले अध्यादेशबाट शासन गर्न खोजेर ओलीले तानाशाही चरित्र देखाएको बताएका हुन् । ‘ओलीको तानाशाही चरित्र फेरि एकपटक छर्लङ्ग भएको छ’, उनले भने, ‘अघिल्लो कार्यकालमा एकपछि अर्को अध्यादेश ल्याएका थिए । अहिले पनि सोही बाटोमा ओली लागेका छन् । यसपटक त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी अध्यादेश ल्याउने कुरा सुनिएको छ ।’

संविधान संशोधन र स्थिर सरकारका लागि दुई पार्टी मिलेको भनेर एमाले(कांग्रेसले जनतासँग झुटो बोलेको उनको भनाइ थियो । ‘अहिले राष्ट्रियसभामा बहुमत छैन भनेर पन्छिन खोजिएको थियो,’ उनले भने, ‘त्यो कुरा दुई दललाई गठबन्धन गर्दा थाहा थिएन र ?’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट