Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

सत्ता गठबन्धनले उपप्रधानसहित गृह अथवा स्वास्थ्य मन्त्रालय दिए उपेन्द्र यदवले अध्यादेश पास गर्न सहयोग गर्ने


काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा उपप्रधानसहित गृह अथवा स्वास्थ्य मन्त्रालय मागेका छन् । सरकारले अध्यादेश पास गर्न सहयोग गर्न भनेपछि यादवले सहयोग गर्न तयार भएको तर आफूले उपप्रधानसहित गृह अथवा स्वास्थ्य मन्त्रालय पाउनुपर्ने दाबी गरेका स्रोतले बतायो ।

बुधबार साँझ देउवासँग र बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर छलफल गरेका यादवले दुई मन्त्रालयमध्ये एक मन्त्रालय मागेको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘उहाँले अध्यादेश पास गर्ने तर आफूलाई उपप्रधानमन्त्रीसहित गृह अथवा स्वास्थ्य मन्त्रालय दिनुपर्ने माग राख्नुभएको छ । थप छलफल के भएको छ त्यो बाहिर आएको छैन ।’

जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न कार्यदल नै बनाएको छ । उपाध्यक्ष राजकिशोर यादव नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पारेको छ । यादव नेतृत्वको कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको थियो । त्यसआधारमा कार्यदलले प्रतिवेदन तयार पारेको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट