Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित


काठमाडौं, २४ माघ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

बिहीबारको बैठकमा दुई वटा विधेयक पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन् ।

यसैगरी, शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी छिन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट