Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

प्रतिनिधि सभामा प्रचण्डको प्रश्न : कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो ?


काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। सरकारले संसद्‌ अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरू ल्याएको उल्लेख गर्दै उनले आपत्ति जनाए।

‘माघ ८ गते संसद्‌को बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ। पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सातपटक,’ अध्यक्ष प्रचण्डले भने, ‘३५ वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनु भएको हो त अध्यादेश ?


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट