Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

संसदका दुई ठूला दल मिलेर पनि लोकतन्त्रलाई व्यवस्थित गर्न सकेनन् : चित्रबहादुर केसी


काठमाडौं, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रको अभ्यास गर्ने कुरामा राजनीतिक दलहरू बारम्बार चुक्ने गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले संसदका दुई ठूला दल मिलेर पनि लोकतन्त्रलाई व्यवस्थित गर्न नसकेको आरोप लगाएका हुन्।

सरकारले समयमा संसद बैठक नबोलाएर अध्यादेशबाट मुलुक चलाउन खोजेको उनको आरोप छ। ‘संसदका दुईवटा ठूला दल मिलेर लोकतन्त्रलाई व्यवस्थित गर्छन् भन्ने मैले विचार गरेको थिए। तर, अब संसद चाहीँ समयमा नबोलाउने। अध्यादेशबाट देश चलाउने। यही हो लोकतन्त्र ? नेपाली जनतालाई चित्त बुझाउने ठाउँ। यसखालका अप्रजातान्त्रिक कुराले प्रजातन्त्रका लागि, लोकतन्त्रका लागि हामी लामो समयसम्म लड्यौं। यसको अभ्यास गर्ने क्रममा राजनीतिक दलहरू बारम्बार चुकेका छन्। यसो गर्नु हुँदैन,’ उनले भने।

उनले संसद बैठक बोलाउन कसले छेकेको थियो भन्दै प्रश्न समेत गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट