Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

लेखनाथको प्रचण्डलाई जवाफ: टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन अध्यक्ष कमरेड !


काठमाडौँ । अनेरास्वविय ९क्रान्तिकारी०का पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको अभिव्यक्तिको सामाजिक सञ्जालबाट जवाफ फर्काएका छन् । शनिबार क्रान्तिकारीका नवनियुक्त पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा प्रचण्डले विद्यार्थी नहुने तर नेता भइरहने समस्या थियो, अब त्यसको उमेर हदको विधिबाट हल भएको अभिव्यक्ति दिएका थिए ।

पूर्वविद्यार्थी नेताहरु नामै लिएर अध्यक्षले सार्वजनिक अभिव्यक्ति दिएपछि न्यौपानेले आइतबार सामाजिक सञ्जालबाट आफ्नो असन्तुष्टिलाई सार्वजनिक गर्दै प्रचण्डलाई जवाफ दिएका हुन् ।

उनले लेखेका छन् : ‘कमरेड प्रचण्डले हिजो मलगायत अन्य ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियो, अब हल भयो भन्नुभयो । उहाँले सार्वजनिक कार्यक्रममा बोलेको हुनाले यसबारे सार्वजनिक रूपमा केही भन्नुपर्ने भयो’, उनले भनेका छन् ।

साथै प्रचण्डको उक्त भनाईको न्यौपानेले बुँदागत रूपमा जवाफ फर्काएका छन् ।

१. कानुनी रूपमा अहिले प्रयोगमा आएको ३२ वर्षे उमेर हदभन्दा अगाडि नै अध्यक्षको जिम्मा पाइसकेको थिएँ मैले । ३२ वर्ष वरिपरिमा त दोस्रो कार्यकालको जिम्मा सुरुआत भइसकेको थियो र विश्वविद्यालय पढेरै आएको हो हामीहरू ।

२. म पहिलोपटक अध्यक्ष बन्ने निर्णय ०५९ को अन्त्यतिर सम्पन्न पार्टीको रोल्पा बैठकले गरेको थियो । त्यतिबेला म मकवानपुरको चुरे क्षेत्रतिर पार्टी काममा थिए । मलाई अध्यक्ष बनाउनु पर्यो भन्ने न हाम्रो संस्कृति थियो, न हामीलाई त्यो मौका नै । अध्यक्ष बनाएको उहाँहरूले नै होला ? दोस्रो पटक अध्यक्ष हुँदा पनि मैले मै दोहोरिन्छु भनेर कहिल्यै कसैलाई भनिएन । खुल्ला परिवेशमा स्थापित नेतृत्व आवश्यक भनेर उहाँहरूले नै निर्णय गर्नुभएको हो । गज्जब त के भने तेस्रो पटक पनि तपाईँ नै अध्यक्ष बन्नुप¥यो भन्ने उहाँको जोड थियो । योग्य साथीहरू धेरै तल जाममा परिरहनुभएको छ । मैले गर्ने योगदान गरिसकें । पुनः त्यही जिम्मा लिँदा योगदानको निरन्तरता वा ओरालो परिणाम मात्र हुन्छ । यसले विद्यार्थी आन्दोलन र विद्यार्थी साथीहरूलाई राम्रो पर्दैन । त्यसकारण यो हुनै सक्दैन भन्नै मै हुँ ।

३. जनयुद्धको समयमा शहरिया आन्दोलन जोखिमको विषय थियो, जसमा विद्यार्थी संगठन अग्रभागीय मोर्चा भन्ने पार्टी लाइन पार्टीले नै बनाएको होला अर्काेतिर क्याम्पस क्याम्पसबाट पूर्णकालीन कार्यकर्ता उत्पादन गरेर सैन्य मोर्चामा पठाउनु पर्ने योजना । यसअन्तर्गत कैयौँ साथीहरू सहिद–बेपत्ता बन्नुभयो । हामी दर्जनौँ पटक हिरासत, यातना, अपाङ्गता र लामो जेलजीवन बिताएर आएको इतिहास । पार्टीको निर्णय र आदेशप्रति न प्रश्न उठाइयो, न इन्कार नै । हामी गलत कसरी भइयो ?

४. एउटा विषय दावाका साथ भन्न सकिन्छ कि शैक्षिक आन्दोलन, संगठन परिचालन एवं यसले जनयुद्ध र त्यसपछिको परिवेशमा त्यतिबेलाको विद्यार्थी आन्दोलनले पु¥याएको योगदान र निर्माण गरेको मानक सामान्य थिएन, विशिष्ट थियो ।

५, टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन है अध्यक्ष कमरेड !

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट