नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
काठमाण्डौमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले आठ सय दुई मत प्राप्त ल्याए । उनका प्रतिस्पर्धी नेत्र चापागाईंले ७१ मत प्राप्त गरेका छन् । भट्टराई यसअघि पनि अध्यक्ष थिए ।
नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया