Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

केपी ओलीको नाम जोडिएका गिरिबन्धु, यति, ओम्नी, कम्बोडियाको लगानी प्रकरणमा छानबिन गरौँ : वर्षमान


खोटाङ, २ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडिएका गिरिबन्धु, यति, ओम्नी, कम्बोडियाको लगानी प्रकरणमा छानबिनको माग गरेका छन् । उनले स्वीस बैंकमा रकम राखिएको भन्ने विषय तथा लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरा दरबार प्रकरणको पनि सँगसँगै छानबिन अघि बढाउन माग गरेका छन् ।

हिजो (बिहीबार) खोटाङमा ३०औं जनयुद्ध दिवसको अवसरमा सहिद परिवार, योद्धाहरुको सम्मान तथा पूनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले भने,‘गिरीबन्धु, यति, ओम्नी, स्वीस बैंक, कम्बोडियाको लगानीसहित क्यान्टोन्मेन्ट र शेरा दरबारको पनि छानबिन गरौं, हाम्रो कोही मुछिएको रहेछ भने पर्छ । तर, हामीलाई तर्साउन तिम्रो पनि छ भन्ने जस्ता कुरा हामी मान्दैनौं । छ भने छानबिन गरे हुन्छ ।’

उनले माओवादीले भ्रष्टाचार, अनियमितता, राज्य रोहन र बिचौलियामाथि प्रहार गरेर अघि बढ्ने बाटो लिएको बताए । तर, काँग्रेस र एमाले बिचौलियाको र स्वार्थ समूहको ‘इन्ट्रेस्ट’ मा चलेको उनको आरोप छ । अहिले माओवादी र कांग्रेस–एमालेको बाटो नै फरक भएको पुनको भनाई छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट