Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

राष्ट्रियसभा बैठक : खेद प्रस्ताव पारित गर्न माग


काठमाडौँ, ४ फागुन । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राष्ट्रियसभालाई वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाएकी छिन्।

आइतवारको सभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले राष्ट्रियसभालाई केही दिनको पाहुना र वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाएकी हुन्।

उनले सांसद शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रस्ताव पारित गर्नुपर्ने माग गरिन्।

राईले भनिन्, ‘प्रतिनिधिसभाका सदस्य ज्ञान बहादुर शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनी राष्ट्रियसभा विशेष अधिकारको हनन भएको छ। उक्त भनाइप्रति म खेद प्रकट गर्दछु। साथै यो सम्मानित सभाले खेद प्रस्ताव पारित गरियोस् र सरकारको जवाफ माग गर्दछु।’

उनले सरकारसँग यसबारे जवाफ माग समेत गरिन्।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट