Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

सभामुखले बोल्ने समय नदिएपछि रास्वपाकी सांसद सुमना श्रेष्ठ बैठक बहिस्कार गरेर बाहिरिइन्


काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सोमबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेकी छन् । बैठकको आकस्मिक समयमा बोल्नका लागि समय मागेकी उनलाई सभामुखले बोल्न समय नदिएपछि बैठक बहिष्कार गर्दै बाहिरिएकी हुन् ।

संसदको बैठकको कारबाही सुरु गरेपछि ढ्यापढ्याप गरेर समय मागेकी उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । ‘सभामुख महोदय, मैंले पनि समय मागेको थिएँ । नेपाली विद्यार्थी भारतको…’ बोल्दै गर्दा सभामुख घिमिरेले सांसद श्रेष्ठलाई आफूले बोल्न समय नदिएको भन्दै संसद् नियमावलीसमेत स्मरण गराए ।

‘समय पाए बोल्नुहोला नपाए नियमको पालना गर्नुपर्छ भन्ने कुरा ख्याल राख्नुस्’ सभामुख घिमिरेले भनेका थिए ।

श्रेष्ठले प्रतिवाद गर्नुअघि सभामुख घिमिरेले सरस्वती बजीमय, रघुजी पन्त, रामकुमार राई, अशोककुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सीताकुमारी राना, सूर्यबहादुर थापा र सम्झना थपलियालाई बोल्न समय दिएका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट