राष्ट्रियसभाबाट आफूमाथि अपमान भएको भन्दै कानुनी उपचारमा जाने ज्ञानेन्द्र शाहीको चेतावनी

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाबाट आफूमाथि अपमान भएको भन्दै कानुनी उपचारमा जान बाध्य हुने चेतावनी दिएका छन् । शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेपछि उनीविरुद्ध सोमबार खेद प्रस्ताव पारित भएको थियो ।
यसप्रति आपत्ति जनाउँदै सांसद शाहीले कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।
मंगलबार दिउँसो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राष्ट्रियसभाका माननीय सांसदज्यूहरू र राष्ट्रियसभाले एउटा निर्वाचित सांसदलाई तर्साउने–धम्काउने, संसदमा नली खुट्टाको हड्डी भन्दै अपमान गर्ने गतिविधि गर्दै जाने हो भने म पनि संस्थागत रूपमा नीतिगत रूपमा कानुनी उपचारमा जान बाध्य हुनेछु । त्यसैले भन्दछु यस्ता गतिविधि तत्काल बन्द गर्नुस् । सत्य कुरालाई स्वीकार्नुस् ।’
क्याटेगोरी : राजनीति
प्रतिक्रिया