Techie IT
Samayabaddha
शुक्रबार, २७ चैत्र, २०८२

पाथीभरा केबलकार निर्माण कार्य तत्काल स्थगन गर्न रास्वपाको माग


काठमाडौँ, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ। आइतबारको प्रतिनिधिसभामा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद तोसिमा कार्कीले यस्तो माग गरेकी हुन्।

‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्ने ?’, सांसद कार्कीले भनिन्, ‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु, त्यहाँ भइरहेको निर्माण कार्य तत्कालका लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू‚ समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्तामार्फत यो विषयलाई सम्बोधन गरियोस्।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट