Techie IT
Samayabaddha
शुक्रबार, २७ चैत्र, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिष गरे : एमाले सांसद गैरे


काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले यस्तो आरोप लगाएका हुन्।

उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडिओ सन्देशले सहिदको अपमान गरेकोसमेत आरोप लगाए। उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिरसमेत गरे। उनले शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट