Techie IT
Samayabaddha
शुक्रबार, ३० जेठ, २०८२

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका संस्थापन र शेखर कोइराला पक्षबीच कुटाकुट


विराटनगर, १५ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो ।

घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला पोखरेलमाथि हातपात भएको बताइएको छ । उनी कोइराला पक्षका विधार्थी नेता हुन् । स्ववियु सभापति जसवन्त पौडेल कांग्रेसको संस्थापन पक्षका हुन् ।

स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको पोखरेलको भनाइ छ । धारिलो हतियारसहित केही विद्यार्थी विवादमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको बताइएको छ । क्याम्पसमा इकाइ गठन विषयलाई लिएर नेविसंघमा विवाद थियो ।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट