एमाले निकट खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्की माओवादीमा प्रवेश

सुनसरी, १५ फागनु । सत्ताधारी दल नेकपा (एमाले) सम्वद्ध खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्की माओवादीमा प्रवेश गरेका छन् ।
‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ अन्तर्गत आज गढी गाउँपालिकामा आयोजित कार्यक्रममा कार्कीसहित एमालेका थुप्रै स्थानीय नेता–कार्यकर्ता माओवादीमा प्रदेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताले टीका र खादा लगाएर स्वागत गरे ।
कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लवलगायत सङ्घ संस्थाको नेतृत्व तहमासमेत रहेका छन् । पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्तामा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका६ का इञ्चार्ज चितनारायन खेरवारलगायत छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया