Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

एमाले नेतृत्वको सरकारले गरिरहेको जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भए : प्रचण्ड


काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास बढाएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारणसभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अभियान चलाएको बताए ।

‘पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानमा क्रियाशील छौँ,’ उनले भने, ‘पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौँ । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन् ।’

‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो । अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौँ’

सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा आफू नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको उनको तर्क छ । ‘हामी राम्रो काम गर्दै थियौँ, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन् । हामीले प्रचारप्रसार गर्नै परेन’, प्रचण्डले भने, ‘ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।’

पार्टीले केही दिन अभियान रोक्दा अन्य पार्टीका नेताहरू तथा बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको प्रचण्डको भनाइ छ । अहिले एमाले नेतृत्वको सरकारले गरिरहेको जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको उनको भनाइ छ । माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्त्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उनले बताए ।

‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो । अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौँ,’ प्रचण्डले भने । काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट