Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छ : प्रेम सुवाल


काठमाडौं, ४ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे।

उनले मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको बताए। उनले जिल्लाभित्र मात्र बसाइँसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताए। उनले मोबाइल लगायतका प्राविधिक उपकरणहरू देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित शिक्षा दिनुपर्ने समेत बताए।

जनता प्रतिनिधि एवं सरकारका अधिकारीहरू आ—आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकासमा टेवा पुगाउन जरुरी रहेको उनको भनाइ छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट