Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ। बैठक दिउँसो साढे १ बजे पार्टीको केन्द्रीय कार्यालय सिफलमा बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा सोमबार घोषणा भएको ‘राजतन्त्र पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को विषयमा छलफल हुनेछ। समितिको निर्देशक समितिमा अध्यक्ष कमल थापालाई पनि राखिएको छ। तर समितिमा आफू रहेकोबारे जानकारी नभएको थापाले बताएका छन्।

समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बर्तौलाले बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट