Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

डिजिटल नेपालको नाराले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ : प्रम ओली


काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।

‘हामीले थुप्रै मेडिकल कलेज बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं। कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्। त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ’’, उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए। उनले भने, ‘‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो। हामी भावनात्मक ढङ्गले चल्नुहुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ।’’

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट