रोल्पा नमूना क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनको प्यानल विजयी

रोल्पा, ११ चैत । परिवर्तन गाउँपालिका–५ बागमारास्थित रोल्पा नमूना क्याम्पसमा सम्पन्न स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) को प्यानल विजयी भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) निकटका विद्यार्थी संगठनहरूको साझा प्यानललाई पराजित गर्दै अखिल (समाजवादी) को प्यानलले विजयी हासिल गरेको हो ।
अखिल (समाजवादी) का नेता चुडामणी केसी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । उनले ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी कांग्रेस, एमाले र माओवादी केन्द्र निकट संगठनका साझा उम्मेदवार दिपेन्द्र डाँगीले ४२ मत मात्र पाएका छन् । केसीले २९ मतान्तरले जित हासिल गरेको निर्वाचन मण्डलका संयोजक गोपालबहादुर केसीले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) निकटका विद्यार्थी संगठनहरूको साझा प्यानललाई पराजित गर्दै अखिल (समाजवादी) को प्यानलले विजयी हासिल गरेको हो ।
अन्य पदहरूमा पनि अखिल (समाजवादी) को वर्चस्व
कोषाध्यक्ष पदमा अखिल (समाजवादी) का टोपबहादुर परियार विजयी भएका छन् । उनले ७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी निर्मला डाँगीले ४५ मत प्राप्त गरिन् ।
सचिव पदमा अखिल (समाजवादी) का देवेन्द्र डाँगी ६७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी प्रकाश रोका मगरले ४१ मत प्राप्त गरे । सदस्य पदतर्फ अखिल (समाजवादी) की देवी रिजालले ७१ मत प्राप्त गर्दै विजयी भइन् भने उनका प्रतिद्वन्दी कमला पुन मगरले ४४ मत प्राप्त गरिन् । अर्को सदस्य पदमा सीमाना बुढाले ७२ मत प्राप्त गर्दै जित हासिल गरिन् भने उनका प्रतिद्वन्दी अञ्जना बुढा मगरले ४४ मत प्राप्त गरिन् ।
क्याम्पसमा जम्मा १२८ मतदाता रहेकामा ११७ जनाले मतदान गरेका थिए । ११ जना अनुपस्थित रहेका थिए । स्वतन्त्र उम्मेदवार पृथ्वी केसी र टिकाजंग घर्ती मगरले कुनै पनि मत प्राप्त गर्न सकेनन् ।
तीन ठूला राजनीतिक दलका विद्यार्थी संगठनहरूले साझा प्यानल बनाएर प्रतिस्पर्धा गरे पनि अखिल (समाजवादी) को प्यानलले नै जित हासिल गर्नु रोल्पाको विद्यार्थी राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत मानिएको छ । माओवादी केन्द्रको आधार मानिएको रोल्पामा विप्लव निकट विद्यार्थी संगठनले यसरी जित हासिल गर्दा ठूला दलका संगठनहरूभित्र ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया