Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

प्रचण्ड र राष्ट्रपतिबीच शीतलनिवासमा भेटवार्ता, पूूर्वराजा ज्ञानेन्द्र शाहका गतिबिधिबारे छलफल


काठमाडौं, ११ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका छन् ।

शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटमा पछिल्लो गतिविधिबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ ।

शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर भेटमा पछिल्लो समय पूूर्वराजा ज्ञानेन्द्र शाहकै नेतृत्वमा भइरहेका राजावादी गतिविधिहरुको बारेमा समेत समीक्षा भएको शीतल निवास स्रोतले जनाएको छ ।

प्रचण्डले राष्टपतिसँग सरकारका कामको आलोचना गर्दै कांग्रेस नेतृत्वले एमालेसँग गरेको सत्ता सहकार्यले विगतमा गरिएको गठबन्धनमाथि धोका भएको गुनासो गरेका छन् ।

भेटमा संक्रमणकालीन न्याय निरुपणका विषयमा समेत छलफल भएको र यसैबारेमा आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट हुन लागेको जानकारी प्रचण्डले राष्ट्रपतिलाई गराएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट