Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

सरकारले देशलाई अँध्यारोतिर सुरुङतिर धकेलेको छ : अग्नी सापकोटा


काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नी सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय बदनियतपूर्ण र घोर आपत्तिजनक भएको जनाएका छन् ।

विचौलिया र दलालहरुको स्वार्थमा गरिएको यो निर्णय नेपालमा कहालीलाग्दो लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने एकजना इमान्दार कर्मचारीमाथिको अन्याय भएको उनको धारणा छ ।

उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय सर्वथा बदनियतपूर्ण र घोर आपत्तिजनक छ। विचौलिया र दलालहरुको स्वार्थमा गरिएको यो निर्णय नेपालमा कहालीलाग्दो लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने एकजना इमान्दार कर्मचारीमाथिको अन्याय हो। यो सुशासनविरुद्धको हमला पनि हो। यो निर्णयसँगै सरकारले देशलाई अँध्यारोतिर सुरुङतिर धकेलेको छ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट