Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

प्रधानमन्त्री ओलीले चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमण गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैतको १९ गतेदेखि थाइल्यान्डको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।

यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलन सुरू हुँदैछ । थाइल्यान्डकी समकक्षी पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको हो ।

शताब्दीयौं पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एशियाली देश थाइल्यान्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गरेका थिए । नेपाल र थाइल्यान्ड बौद्ध धर्मको दर्शनद्वारा नजिकबाट जोडिएका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट