Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

जनताले हामीबाट सुधारको अपेक्षा गरेका छन्ः नेता शर्मा


काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव जनार्दन शर्माले सबै राजनीतिक दलहरूले आत्मसुधार गरी परिवर्तनका बाँकी कार्यहरू पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले निरन्तर सुधारको बाटोबाट मात्र परिवर्तनका लक्ष्यहरू हासिल गर्न सकिने धारणा व्यक्त गरे।

उनले जनताले राजनीतिक दलहरूबाट सुधारको अपेक्षा गरेको उल्लेख गर्दै हरेक क्षेत्रमा सुधारप्रति प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् । उनले आफ्ना कमजोरीको आत्मसमीक्षा गरी जनताको भावनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए।

नेता शर्माले आज परिवर्तन, गणतन्त्र वा हाम्रा विरुद्ध देखिएका कुराहरूलाई आफूले गणतन्त्र विरोधी नठान्ने धारणा व्यक्त गरेका छन् । उनले आन्दोलनकारीहरूको माग र भावनालाई सम्बोधन गर्नुपर्ने बताउँदै संघीय लोकतन्त्रलाई कमजोर पार्ने गरी हिंसा र अराजकता फैलाउने कार्यप्रति गम्भीर बन्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट