Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

शेरबहादुर देउवाले आफ्नै भनाई खण्डन गरे


काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विषयमा आफ्नै भनाइको खण्डन गरेका छन्।

शनिबार काठमाडौंको बसुन्धारामा विपी सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले ‘दिल्लीमा आएर मुख्यमन्त्री योगीले आफू राजतन्त्रको पक्षमा नरहेको’ भन्ने आफ्नो अभिव्यक्ति सच्याएका हुन्।

‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीका राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो,’ देउवाले भने।

उनले आफ्नो भनाइको खण्डन आफैले गरेका छन्।

‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दुतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु,’ सभापति देउवाले भने।

सभापति देउवाले चैत २५ गते गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक गोष्ठीमा मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको भनेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट