Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

गगन र विश्वप्रकाशले गरे आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल


काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल थालेका छन्।

विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको अगुवासँग महामन्त्रीद्वयले छलफल गरेका हुन्। सानेपामा भएको छलफलमा शिक्षकका माग सम्बोधनको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

केही दिन अघि शिक्षक प्रतिनिधिहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवास पनि पुगेका थिए। देउवाले शिक्षकको माग पूरा गर्ने आश्वासन दिएर फर्काएका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट