Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन सम्वाद


काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २८ जनाको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन संवाद गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी भएको र मृतकप्रति संवेदना प्रकट गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले दुःखद घडीमा नेपाल भारतको साथमा रहेको बताएका छन्।

उनले आतंकवादविरुद्ध लड्न नेपाल सधैं भारत साथमा उभिने प्रतिवद्धता जनाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। घटनामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट