Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ : वर्षमान पुन


सिन्धुपाल्चोक, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी सरकारमा जान पर्ने अवस्था आउन सक्ने बताएका छन्।

बिहीबार सिन्धुपाल्चोकको चौतारामा पार्टीनिकट वाइसिएल नेपालको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले ०८४ सम्म सरकारमा नजाने अडान रहे पनि व्यवस्थामाथि नै प्रश्न उठेकाले त्यसलाई जोगाउन सरकारमा जानुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।

‘हामीले २०८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला २०८४ पर्खेर बस्ने भन्ने हुँदैन,’ उनले भने।

पुनले ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको र ढल्न मात्रै बाँकी रहेको पनि बताए । उनले सरकार विचौलियाले बनाएको पुष्टि भइसकेको भन्दै तिनै विचौलियाहरूको स्वार्थ नमिल्दा राष्ट्र बैंकले अहिलेसम्म गभर्नर पाउन नसकेको बताए।

माओवादी सरकारमा गए पनि जनताको काम गर्छ भन्ने स्थापित भएको उनले बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट