Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

ओली–देउवाबीच बालुवाटारमा दुई घन्टा छलफल


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच झन्डै दुई घन्टा छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

छलफल विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र त्यसबारेका भ्रम चिर्नेगरी केन्द्रित रहेको थियो ।

प्रधानमन्त्री ओली र सभापति देउवाले अस्ति शुक्रवारदेखि शुरू भएको संसदको बजेट अधिवेशनबारे पनि छलफल गरेका छन् ।

आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्तिलगायतका विषयमा उनीहरूबीच छलफल भएको थियो ।

देउवा थाइल्यान्ड भ्रमणमा हुँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ढल्ने दाबी गरेका थिए ।

देउवाले अस्ति विमानस्थलबाटै सरकारबारे स्पष्टीकरण दिनुपरेको थियो । लगत्तै हिजो प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट