सत्तारुढ दलको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं । सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारका कामकारबाही, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया