भारतीय सत्तारुढ दल ‘भारतीय जनता पार्टी’का नेता चौथाइवाले काठमाडौंमा

काठमाडौं, १७ वैशाख । भारतीय सत्तारुढ दल ‘भारतीय जनता पार्टी’का नेता तथा विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवाले काठमाडौं आएका छन् । उनी बिहान ९ बजे एअर इण्डियाको उडान नम्बर एआई २१३ मा नयाँ दिल्लीबाट आएका हुन् ।
चौथाइवाले विमानस्थलबाट सोझै होटल मेरियट गएका छन् । उनी राजनीतिक भेटघाटका लागि काठमाडौं आएको बुझिएको छ ।
भाजपा नेताको स्वागतमा काठमाडौंस्थित भारतीय दूतावासका दुई जना कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । प्रथम सचिव डा।. साहिल कुमार र प्रोटोकल अफिसर सुधिर डंगोल पौने ९ बजे विमानस्थल गएर चौथाइवालेसँगै होटल मेरियट आएको बताइन्छ
क्याटेगोरी : राजनीति
प्रतिक्रिया